+
+

विप्लव भन्छन् : अनुदानका नाममा हुने हस्तक्षेप सह्य हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १६:०१

१४ भदौ, सुर्खेत । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताएका छन् ।

वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे ।

‘अनुदान ठिक छ । तर अनुदानको नाममा हुने कुनै पनि हस्तक्षेप सह्य छैन’ उनले भने, ‘हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन, हामी गाउँका खोरिया खन्छौं ।’

महासचिव विप्लवले मञ्मै रहेका प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भने, ‘हामी कुनै पनि सैन्य हस्तक्षेप चाहँदैनौं । तपाईं पनि यसका विरुद्ध आवाज उठाउनुहोस् ।’

उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको औंल्याए ।

उनले नेपाल भ्रष्टचारको दलदलमा फसेको बताए । ‘वडा वडामा छ, भ्रष्टचार, अर्काको खोरको बाख्रा देखाएर अनुदान खाने नक्कली कम्युनिष्टहरु मैले देखेको छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, कालो, रातो जस्तोसुकै रंग ओढेका भ्रष्टाचारीहरु किन नहुन् खोरमा हाल्नुहोस्, हामी साथ दिन्छौं । भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?