+
+
संस्कृति :

लोप हुने अवस्थामा नौ ढुंगेधारा खोज्‍ने परम्परा

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० भदौ १४ गते १८:२८

१५ भदौ, भक्तपुर ।  गुपु हिटी सिकेगु अर्थात नौ ढुंगेधाराको खोजी गर्न जाने परम्परा लोप हुने अवस्थामा पुगेको छ । भक्तपुरमा जनैपूर्णिमाको राति वा गाइजात्रा अर्थात सापारुको दिन गरिने यो परम्परा आजभोलि हराउँदै गएको हो ।

लोप हुने अवस्थामा पुगेको उक्त परम्परालाई निरन्तरता दिन भक्तपुरको निओ फियुजन बाजा समूहले बिहीबार विहानै गुपु हिति सिकेगु कार्यक्रमको आयोजना गरिएको  जसमा स्थानीय, अगुवा र नेवारी समुदाय उपस्थित भएको संस्कृतविद् ओम धौभडेलले बताए ।

उनका अनुसार सापारु अर्थात गाइजात्राको दिन नौ वटा धारामा मुख धुनुपर्ने, नौ जोडी लुगा फेर्नुपर्ने, नौ थरी खाएर नौ चोटी भक्तपुरको नगर परिक्रममा गर्नुपर्छ भन्ने चलन रहेको छ । यसैसँग यो दिन पूर्व फर्किएको नौ वटा धारामा मुख धुन जाने परम्परा नौ ढुंगेधारा खोज भएको उनले बताए ।

‘पहिले-पहिले ढुंगेधारामा गएर समान्यतया पश्चिम र दक्षिण फर्केको ढुंगेधारा मात्र हुने ठाउँमा पूर्वमा फर्केको धारा पनि हुनुपर्छ भन्ने हेतुले पूर्वमा फर्केको धारा बनाइएको इतिहास छ’, उनले भने, ‘यसलाई सापारुमा दिन त्यसमा मुख धुन जाने परम्पराको स्थापना गरिएको हो ।’

यो परम्परा भक्तपुरमा पूर्व फर्केका धेरैवटा ढुंगेधाराहरुको सुरुवात भक्तपुरको सुर्यविनायक गणेश मन्दिरमा अवस्थित ढुंगेधाराबाट सुरु हुन्छ भने भक्तपुरको तचपाल अर्थात दत्तात्रयमा रहेको भिंद्यो हितिमा आएर समापन गरिन्छ ।

घुम्ने हिटिहरु सुर्यविनायक गणेश मिन्दिर नजिर्क रहको ढुंगेधारा (इनारे गणेद्य नपांच्वंगु हिति), इनारे (सुर्यविनायकको) लुखाहिति। भार्वाचो बजिगांचाहिति, नासमना दबूहिति, तःमारी धभारीचुकहिति, भुलुचुलुहिति, तिबुक्छें हिति, भध्वाका हिति र तचपाल भिंद्योहिति अर्थात ढुंगेधाहरु हुन् । यी ढुंगेधाराहरु मल्लाकालिन सयममा बनेको धौभडेल बताउँछन्।

‘कुनै धारामा पानी नै आउन छोडेको  छ भने कुनै लोप हुने अवस्था रहेको देखिन्छ’, परम्परामा सहभागी भएको समूहका बालकृष्ण बनमालाले बताउँछन् । साथै पानी आउने हिति अर्थात ढुंगेधारा पनि सबै व्यवस्थित नभएको निओ फ्युजन स्कूल अफ कम्प्युटरका सञ्चालकसमेत रहेका बनमालाको भनाइ छ ।

पानी नआउने ढुंगेधारा त झन् लोप हुने अवस्थामा रहेको उनको  गुनासो छ । उनी भन्छन्, ‘ यो पूर्व फर्किएको ढुंगेधारा खोज्ने वा मुख धुन जाने परम्परा मासिएको खण्डमा ढुंगेधारा पनि मासिँदै यसको अस्तित्व नै हट्दै वा लोप हुनसक्छ ।’

उक्त परम्परालाई जिवन्त राखे ढुंगेधारा पनि जिवन्त रहने उनको भनाइ छ । यसलाई हरेक वर्ष निरन्तरता दिने उनी बताउँछन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?