+
+

‘ऐंचोपैंचो’ र ‘गणपति’लाई बिदाको फाइदा उठाउनुपर्ने चुनौती, ‘जय हो’ दोस्रो सातामा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते ११:३२
आफू अभिनित फिल्म 'ऐंचोपैंचो'को प्रवर्द्धनका लागि पुल्चोकको लबिम मलस्थित क्यूएफएक्स सिनेमामा स्वस्तिमा र वर्षा

काठमाडौं । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर बिहीबार दुई फिल्म रिलिज भए । स्वस्तिमा खड्का स्टारर ‘ऐंचोपैंचो’ र मुकुन भुसाल स्टारर ‘गणपति’ । यी दुई फिल्मलाई तीन दिन लामो सप्ताहन्तको फाइदा मिल्ने देखिएको छ ।

यसमध्ये मल्टिस्टारर ‘ऐंचोपैंचो’ले बिहीबार घरेलु बक्स अफिसमा सुखद सुरुवात गरेको देखिएको छ । पहिलो दिन दिउँसो र अपरान्ह ५० प्रतिशत आसपासमा अकुपेन्सी थियो भने शुक्रबार मध्यान्हसम्म १५ प्रतिशत हाराहारीमा अकुपेन्सी छ । बेलुकासम्म अकुपेन्सीमा थप वृद्धि हुन सक्छ ।

‘गणपति’को अकुपेन्सी ‘ऐंचोपैंचो’को तुलनामा कम भए पनि यो फिल्मको समीक्षा सकारात्मक छ । ‘वर्ड अफ माउथ’ बलियो मिलेको खण्डमा ‘गणपति’ले शनिबारसम्ममा पिकअप लिन सक्छ ।

तीन दिन लामो बिदाको फाइदा मिले पनि अन्ततः विषयवस्तुमै यी दुई फिल्मको व्यावसायिक भविष्य निर्भर हुनेछ । के यी दुवै फिल्मले बिदाको फाइदा उठाउन सक्लान् ? यो क्षणको महत्वपूर्ण प्रश्न हो । पहिलो सप्ताहन्तको पर्फमेन्स हेरेरै हलले विकडेजको शो निर्धारण गर्नेछन् जसको कारण पनि शनिबारसम्म दुवै फिल्म चल्न जरुरी छ ।

‘ऐंचोपैंचो’लाई डेब्यु निर्देशक कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । यसमा स्वस्तिमासहित वर्षा राउत, मुकुन भुसाल र सुशील सिटौलाको प्रमखु भूमिका छ । ‘गणपति’मा मुकुन शीर्ष भूमिकामा छन् ।

केकी र सलोनको ‘जय हो’ दोस्रो सातामा

समीक्षक र दर्शकले मिश्रित प्रतिक्रिया दिएको फिल्म ‘जय हो’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता यसले बक्स अफिसमा सन्तोषजनक व्यापार गर्‍यो ।

दोस्रो सातामा पनि यो फिल्म क्यूएफएक्स, आईएनआई, बीएसआर,  एफक्युब, विश्वज्योति, अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शन भइरहेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए । यो फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?