+
+

कोशी सरकारको आधिकारिकता विवाद पूर्ण इजलासमा पठाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १४:०७

१७ भदौ, काठमाडौं । कोशी प्रदेशको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुने भएको छ ।

आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त हुने आदेश दिएको हो ।

मुद्दाको अर्को पेशी यही भदौ १८ गते (सोमबार) लाई तोकिएको छ ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भूमिकामा रहेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको समेत मत लिएर विश्वासको मत पाएका थिए । तर सभाध्यक्षले विश्वासको मत दिनु असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ७ भदौमा कोशी सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसअघि कोशी सरकारको आधिकारिकता विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले सुनुवाइ गरेको थियो । तत्कालीन सभामुख बाबुराम गौतमको समर्थन लिएर उद्धव थापा मुख्यमन्त्री नियुक्त भएको विवाद न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सुनुवाइ गरेको थियो ।

हेर्नुहोस् आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?