+
+

युनाइटेडमाथि आर्सनलको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते ६:३१

काठमाडौं । इन्जुरी टाइममा दुई गोल गर्दै आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि पुनरागमन जित निकालेको छ ।

आइतबार राति घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडलाई ३-१ ले हरायो ।

खेलको २७औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै भ्रमणकारी टोली युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता एकछिन पनि टिकेन। लगत्तै अर्को मिनेटमा आर्सनलका कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेल बराबरीतर्फ अघि बढिरहेको थियो । ८८औँ मिनेटमा युनाइटेडका अलेजान्द्रो गार्नाचोले गोल गरेपछि भिएआरले अफसाइड दिएको थियो ।

तर आर्सनलले इन्जुरी टाइममा दुई गोल गर्‍यो । इन्जुरी टाइमको छैटौं मिनेटमा डेक्लान राइस र दशौँ मिनेटमा गाब्रिएल जेससले गोल गर्दै आर्सनललाई जित दिलाए ।

जितपछि चार खेलबाट १० अंक जोडेको आर्सनल पाँचौ स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको युनाइटेड चार खेलबाट ६ अंकसहित ११औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?