+
+

भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १६:०२

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो  सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ ।

कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिंदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?