
काठमाडौं । माल्भिका सुब्बाले होस्ट गर्ने टेलिभिजन कार्यक्रम ‘जीवनसाथी’को छैटौं सिजनको प्रसारण मंगलबारदेखि हुने भएको छ । भदौ १२ गतेदेखि प्रसारण हुने बताइएपनि प्राविधिक कारणले एकसाता ढिलाइ भएको हिमालय टिभी एचडीले जनाएको छ ।
टेलिभिजनले मंगलबारदेखि प्रसारण सुरु हुने जानकारी दिएको छ । नयाँ सिजन कूल ५२ एपिसोडको हुने जनाइएको छ । नयाँ जोडी र कथावस्तुसहित नयाँ सिजन ल्याउन लागेको माल्भिकाले बताएकी छन् ।
छैटौं सिजन हरेक मंगलबार बेलुका ८ बजे प्रसारण हुने जनाइएको छ । ‘नयाँ सिजनले दर्शकलाई नयाँ स्वाद दिने हाम्रो विश्वास छ’ छैटौं सिजनबारे माल्भिकाले भनिन्, ‘यस्ता चर्चित र उदाहरणीय जोडी जो शोमा आउन चाहुनुहुन्न उहाँहरुलाई यसपटक ल्याउँछौं । राजनीतिक र खेलाडीको जोडीलाई प्राथमिकतामा राखेका छौं । जसले समाज बदल्नुभएको छ । जसले पितृसत्तात्मक सोचलाई ब्रेक गर्नुभएको छ । त्यो जोडीलाई यहाँ प्रस्तुत गर्नेछौं ।’
२२ वर्षदेखि आफूले टेलिभिजन कार्यक्रम चलाउँदै आए पनि आफ्ना लागि ‘जीवनसाथी’ विशेष रहेको माल्भिका कथन छ । ‘जीवनसाथी’ हिमालय टेलिभिजनको चर्चित कार्यक्रममध्येमा पर्छ ।
प्रतिक्रिया 4