+
+

लुम्बिनी प्रदेशसभा बैठक २१ भदौमा बस्ने, निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी 

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते २०:०१

१९ भदौ, दाङ । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बस्ने भएको छ।

प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक  बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेश सरकारले आगामी बस्ने प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को पारित गर्ने तयारी गरेको छ ।

यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?