+
+

मावि तह ४ वटा विषय शिक्षकको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १७:१४

२० भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह तेस्रो श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार नेपाली, शुक्ल यर्जुर्वेद, संस्कत व्याकरण र संस्कृत साहित्य विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले कोशी प्रदेशको लागि ११ रिक्त नेपाली विषय शिक्षक पदका लागि विज्ञापन गरेको थियो । १९८ जना सहभागी विषयगत परीक्षाबाट २० जना उत्तीर्ण भएका छन् । मधेश प्रदेशमा २४ रिक्त पदको लागि ३९ जना, बागमती प्रदेशको २८ रिक्त पदको लागि ४१ जना, गण्डकी प्रदेशको ३२ रिक्त पदको लागि ४७ जना उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी नेपाली विषयगत परीक्षामा ११ रिक्त पदको लागि २३ जना, कर्णाली प्रदेशको ९ रिक्त पदको लागि १७ जना र सुदूरपश्चिम प्रदेशको ९ रिक्त पदको लागि २० जना उत्तीर्ण भएका छन् । मधेशी समुदायको लागि एउटा कोटा छुट्याएकोमा कुनै पनि उम्मेद्वार सफल नभएको आयोगले जनाएको छ ।

आयोगले मधेश प्रदेशको लागि १ रिक्त दरबन्दीको लागि शुल्क यजुर्वेद विषय शिक्षक माग गरेकोमा १ जनाले विषयगत परीक्षा उत्तीर्ण गरेको जनाएको छ । त्यस्तैगरी मधेश प्रदेशको लागि १ संस्कृत व्याकरण शिक्षकको लागि १ जनाले, बागमती प्रदेशको २ रिक्त पदको लागि ४ जनाले उत्तीर्ण गरेका छन् । लुम्बिनी प्रदेशको १ संस्कृत साहित्य शिक्षकको लागि ३ जनाले विषयगत परीक्षा उत्तीर्ण गरेका छन् ।

उत्तीर्ण उम्मेद‍्वारको  अन्तर्वार्ता असोज १७ र १८ गते हुने छ । आयोगले सोमबार अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शिक्षा, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरिसकेको छ । आयोगले गत असार ९ गते विषयगत परीक्षा सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?