+
+

टीआरसीबारे सर्वदलीय बैठक बोलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १०:२७

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमणबारेको छलफलमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जाँदैछन् ।

दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ । प्रतिनिधि सभाको बैठक पछाडि वा शुक्रबार बिहान सबै दलका शीर्ष नेताहरु, प्रमुख सचेतक र सचेतकहरुको बैठक राख्ने तयारी छ ।

‘संसदको बैठक भएकाले त्यस अगाडि सर्वदलीय बैठक सम्भव भएन । त्यसपछाडि बस्न सक्छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?