+
+

संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते ११:४६

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो ।

तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ ।

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री प्रचण्ड पनि बैठकमा उपस्थित भइदिएको भए समितिको गरिमा र महत्व बढ्ने थियो भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?