+
+

शाहरुख खानको ‘जवान’लाई कस्तो रिभ्यु मिल्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १३:३१

काठमाडौं । शाहरुख खान स्टारर भारतीय फिल्म ‘जवान’ बिहीबारदेखि विश्वभर रिलिज भएको छ । नेपालमा बिहानैदेखि यो फिल्मका शो हाउसफुल छन् । फिल्मले पहिलो सप्ताहन्त नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

बिहीबार बिहान नेपालका हलमा किङ खानको क्रेज देखिएको छ । नेपाली मिडिया, सेलिब्रिटी र दर्शकले पनि आ-आफ्नै ढंगले सामाजिक सञ्जालमा फिल्मको समीक्षा गरिरहेका छन् । कतिपयले ‘पठान’ भन्दा उत्कृष्ट भन्दैछन् भने कतिपयले ‘ब्लकबस्टर’ भनिरहेका छन् ।

निर्विवाद तथ्य के हो भने एट्ली निर्देशित फिल्मले भारतसहित विश्व बक्स अफिसमा उछाल कमाइ गर्ने पक्का छ । अहिलेसम्मकै महंगो रकम चार करोड नेपाली रुपैयाँमा नेपाल ल्याइएको यो फिल्मले लगानी उठाउन नेपालमा १६ करोडभन्दा बढीको ग्रस व्यापार गर्नुपर्छ । जसकारण पनि वितरक र प्रदर्शकमाथि दबाब छ ।

बलिउड समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्श तथा उनी सम्पादक रहेको पोर्टल बलिउड हंगामाले ‘जवान’लाई ४.५ तारा रेटिङ दिएको छ । फिल्मलाई ‘मेगा ब्लकबस्टर’ उल्लेख गर्दै आदर्शले पटकथा, एक्सन दृश्य, पार्श्व ध्वनि उत्कृष्ट रहेको बताएका छन् । एट्ली र शाहरुखको सहकार्यलाई दर्शकले रुचाउने उनको बुझाइ छ । विजय सेतुपाती, नयनतारा, दीपिका पादुकोण र सञ्जय दत्त पनि स्क्रिप्टमा फिट रहेको उनको भनाइ छ ।

पिंकभिल्लाले ‘जवान’लाई चार रेटिङ दिएको छ । यो पोर्टलका क्रिटिक हिमेश मन्कद लेख्छन्, ‘एट्लीको पटकथामा एक्सन, ड्रामा, इमोसन र स्केललाई समावेश गरिएको छ । शाहरुखले यसअघि कहिल्यै नदेखिएजस्तो आजाद र विक्रम राठौरको वीर चरित्रमा अभिनय गरेका छन् । निश्चित रुपमा यो ब्लकबस्टर फिल्म हो ।’

कोइमोइ पोर्टलले बलिउडले वर्षौंसम्म दिलाउन नसकेको कामलाई दक्षिण भारतले शाहरुखलाई जवान दिएको भन्दै हेडलाइन राखेको छ । यो वेबसाइटले तीन तारा दिएको छ । ‘शाहरुखलाई उचित ट्रिब्युट दिने एट्लीको असाधारण तरिकाको लागि जवानलाई सधैं सम्झिइनेछ,’ कोइमोइले लेखेको छ, ‘किनभने शाहरुख बलिउडका अन्तिम सुपरस्टार हुन् ।’

हिन्दुस्तान टाइम्सको हेडलाइन छ, ‘शाहरुख खानको अर्थपूर्ण र मनोरञ्जक मुक्का ।’ एट्लीले आफ्नो हिन्दी निर्देशकीय डेब्युमा दर्शकलाई निराश नगर्ने कुरा जवानले सुनिश्चित गर्ने यो अखबारको विश्लेषण छ । हिन्दुस्तान टाइम्सकी समीक्षक मोनिका रावल लेख्छिन्, ‘किनकि एट्लीले व्यावसायिक सिनेमाका सबै तत्वलाई एक विशाल मनोरञ्जनकर्ता निर्माण गर्नका लागि मिश्रण गरेका छन् ।’ इन्डियन एक्सप्रेसले जवानलाई ‘विशाल मास्टरपिस’ भन्दै प्रशंसा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?