+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पशुपति क्षेत्र विकास कोषले गर्‍यो वनकाली पार्किङको ठेक्का रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १४:४२

२१ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो ।

पशुपति क्षेत्र अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालन नगरेको भन्दै ठेक्का रद्द गरेको हो ।

सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समयसम्म बक्यौता बाँकी राख्नका साथै अन्य थुप्रै नियम उल्लंघन गरेको भन्दै कोषले एक महिना भित्र बक्यौता उठाउने गरी ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिको बैंक ग्यारेन्टी समेत जफत गर्ने निर्णय गरेको हो ।

ठेक्काको सम्झौताको शर्त नं. ६ मा बढीमा ३ महिनासम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्ने उल्लेख छ । तोकिएको समयमा भाडा नबुझाए सम्झौता रद्द गरी धरौटी रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिने समेत उल्लेख छ ।

कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मितिसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?