+
+

लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते ११:००

२२ भदौ, दाङ । लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज शुक्रबार बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकबाट प्रदेश सभामा विचाराधीन रहेको निजामती सेवा विधेयक पारित गर्ने तयारी छ ।

प्रदेश सभाको कार्यसूची अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।

गत असार २२ दर्ता भएको निजामती विधेयकमा प्रदेशसभाले दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो। सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार बसेको बैठकमा पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?