+
+
Shares

उद्धव थापा भन्छन् : कोशीमा एमाले र कांग्रेसको सरकार बन्न सम्भव छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १९:२८

२२ भदौ, विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन सम्भव रहेको बताएका छन् ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहणपछि पत्रकारले उनलाई सोधेका थिए, ‘कांग्रेस र एमालेले सहमति गरेर आधा आधा कार्यकाल बाँड्ने गरी सरकार बनाउन सकिन्छ कि सकिंदैन ?’

त्यो प्रश्नको उत्तर दिंदै थापाले भने, ‘शीर्ष नेतृत्वबाट यस्तो निर्णय हुनसकेको छैन, तर यहाँले भनेको जस्तो सम्भव छ ।’

उनले कार्की नेतृत्वको सरकारले ३० दिनभित्रमा विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने र त्यो सरकारको दाबी गर्न आफूसँग ४७ मत भएको उनले बताए ।

धारा १६८ को उपधारा ५ अनुसारको सरकार आफूले बनाउने र विश्वासको मत नपाए कोशी प्रदेश मध्यावधिमा जाने पनि उनले बताए । तर आफूहरुले सकेसम्म मध्यावधिमा जान नपरे हुन्थ्यो भन्ने चाहेको थापाले स्पष्ट पारे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?