+
+

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते १०:३०

२३ भदौ, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

शुक्रबार राति सूर्य विनायक नगरपालिका-८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२-०२३ प २८५९ र प्रदेश नं ३ -०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् ।  अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।

घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मोटरसाइकल अनियन्त्रित भई ०३-००१ ख २४११  नम्बरको टेलर गाडीमा ठोक्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?