+
+

मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित, प्रशिक्षक फ्लिक दबाबमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ७:२७

२४ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग ४-१ ले पराजित भएपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक दबाबमा परेका छन् ।

जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीमाथि सानदार जित निकालेको हो ।

खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए ।

इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

त्यसपछि ९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४-१ को जित दिलाए ।

जर्मनीको पछिल्लो पाँच खेलमा यो चौथो पराजय हो भने  सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६-० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार हो ।

बायर्न म्युनिखका पूर्व प्रशिक्षक फ्लिकले अगस्ट २०२१ मा योकिम लोलाई प्रतिस्थापन गरेपछि आफ्नो २५ खेलमा जम्मा १२ खेल मात्रै जितेका छन् ।

२०२२ मा कतारमा भएको विश्वकपमा पनि जर्मनी जापानसँग  २-१ ले पराजित भएको थियो र समूह चरणबाटै बाहिरिएको थियो ।

पछिल्ला १२ खेलमा जम्मा तीन खेल जितेको जर्मनीले  ओमान, कोस्टारिका र पेरुलाई मात्र हराएको थियो ।

प्रशिक्षक फ्लिकले यसलाई ‘क्रूर रूपमा निराश’  भनेका छन् । तर उनी अझै पनि जर्मनीको लागि ‘सही म्यानेजर’ हुन् भन्ने सोच्दछन् । ‘व्यावसायिक फुटबलमा चिजहरू कसरी परिवर्तन हुन सक्छ र म के हुन्छ भनेर देख्न सक्दिन,’ उनले भनेका छन् ।

त्यो निराशा उनका खेलाडीहरूद्वारा पनि व्यक्त भएको थियो । कप्तानन इल्के गुन्डोगानले भने, ‘हामी अहिले पर्याप्त राम्रो छैनौं, यो पूर्णतया तितो दिन हो । हामी सबैले आफैंलाई प्रश्न सोध्न आवश्यक छ।’

बायर्न म्युनिखका मिडफिल्डर जोशुआ किमिचले थपे, ‘मुख्य कुरा यो हो कि हामी हारकै योग्य  थियौं । दोस्रो हाफमा हामीसँग केही थिएन। हामीले वास्तवमा विश्वकप पछि राम्रो खेल खेलेका छैनौं । हामीले हाम्रो गुणस्तरमाथि प्रश्न उठाउनुपर्छ ।’

जर्मनीका फुटबल निर्देशक रुडी भोलरले ४-१ को हारलाई ‘अपमानजनक’ भनेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?