२४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले बेलायतको तेस्रो श्रेणीको टोलीसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
बेलायतको तेस्रो श्रेणीको टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच २०२४ को अप्रिल र मेभित्र दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आइतबार बसेको आकस्मिक कार्यसिमतिको बैठकले उक्त निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
‘बेलायतको राष्ट्रिय टिमको ए ,बी, सी क्याटेगोरी भन्ने हुन्छ, त्यसमा हामीले सी क्याटेगोरीको टोलीसँग खेल्ने निर्णय भएको हो’, एन्फा प्रवक्ता शाहले भने ।
 
                    










 २०८० भदौ  २४ गते १६:४८
                        २०८० भदौ  २४ गते १६:४८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4