२४ भदौ, काठमाडौं । साविक विजेता भारतले साफ यू-१६ च्याम्पियनसिपको उपाधि जितेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आइतबार भएको बंगलादेशलाई २-० ले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
भारतका लागि भरत लाइरेन्जम र लेविस जाङ्मिलनुनले गोल गरे ।
यससहित भारतले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गरेको छ भने समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।
साविक उपविजेता नेपाल भने समूह चरणमा दुई खेल हार्दै बाहिरिएको थियो ।
प्रतिक्रिया 4