+
+

४४ अंकले बढ्यो सेयर बजार, डेढ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १५:३१

२५ भदौ, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको बजारमा कारोबार रकम भने एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँ रह्यो ।

लगातार घट्दो क्रममा रहेको बजारमा आइतबार स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने अर्थ मन्त्रालयको निर्णयसँगै सामान्य सुधार भएको थियो ।

अर्थमन्त्री डा‍. प्रकाशशरण महतले असोजमा निक्षेपको ब्याजदर घटाउने शर्तसहित स्थानीय तहको सञ्चित कोषको रकम निक्षेपमा गणना गर्नसक्ने निर्णय गरिदिएको एक बैंकर पनि बताउँछन् । यसले बैंकिङ प्रणालीमा तरलता पनि सहज हुने र ब्याजदर पनि घट्ने भएपछि सेयर लगानीकर्तामा सकारात्मक प्रभाव परेको हो । साथै अर्थमन्त्री महतले राष्ट्र बैंकले सेयर बजार सम्बन्धी नियामकीय व्यवस्थामा लचकता अपनाउने र त्यसको लागि छलफल भइरहेको बताएका छन् । यसले पनि सेयर बजार प्रभावित भएको हो ।

सोमबार बजारमा २७८ सूचीकृत धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमध्ये सूचीकृत कम्पनीको २२८ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा २१२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्य घट्यो भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आएको बजारमा ४ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट तहमा पुग्यो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेबलमा बढेको थियो । ती कम्पनीको सेयर मूल्य क्रमशः ९९८,९.९७ र ९.८७ प्रतिशतले बढेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.८५ प्रतिशतले बढ्यो ।

सोमबारको बजारमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ, नेपाल बैंक डिबेञ्चर ८.५ र राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फण्डले धेरै गुमाउन पुगे ।

दोस्रो बजारमा साल्ट ट्रेडिङको सेयर सबै भन्दा धेरै कारोबार हुने कम्पनी रह्यो । ६ करोड २५ लाख बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । दोस्रो धेरै कारोबार ५ करोड ७१ लाख बराबरको एभरेष्ट बैंंकको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?