+
+

युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजको साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १९:४३

काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदारका रुपमा सहकार्य गर्ने भएको छ ।

सहकार्यमा सम्मेलन आयोजक कमिटिका संयोजक बिशाल गैरे र ब्रिटिस कलेजका तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेललले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा बसेर स्टार्टअप गरिरहेका उद्यमी, इनोभेसनमा सक्रिय हुने युवाहरुको यो सम्मेलन उपयोगी हुने देखेर सम्मेलनमा सहकार्य गरेको ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्र कँडेलले बताए ।

ब्रिटिस कलेजले स्टार्टअप उद्यम, डिजिटल रुपान्तरण र गुणस्तरीय शिक्षालाई उद्यमशीलता र सीपसँग जोडेर सैद्ध्रान्तिक मात्र नभएर ब्यवहारिक कार्यक्रममा जोड दिएको उनले बताए ।

नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने बताए ।

यस्तै नेपालको युवा उद्यमशीलता मार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट-२०३० को निमार्ण एवम् कार्यान्वयनका लागि शिखर सम्मेलन उपलब्धिमूलक हुने बताए ।

उनका अनुसार ७० जिल्लाका ५०० युवा उद्यमीहरु शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो वर्षको सम्मेलनमा ‘युवा नर्वप्रवर्तन : लगानी र समृद्धि’ भन्ने नारा तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?