+
+

सुनकाण्डमा पक्राउ परेका व्यवसायी सर्राफ क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १९:५८

२५ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिएका छन् ।

प्रहरीले चिनियाँ नागरिकको समूहले हङकङबाट तस्करी गरेर ल्याएको सुन खरिद गरेको देखिएपछि उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो । ब्यूरोले उनलाई पक्राउ गरेर गरेको मोबाइल लगायतका सामग्रीको जाँचपछि उनले क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

ब्यूरोले भारतमा पक्राउ गरेर टोखाका सुमन खरेललाई काठमाडौं ल्याएको थियो । उनी सुन ओसारपसारमा संलग्न व्यक्ति रहेको प्रहरीको दाबी थियो । खरेलमार्फत सुन प्रकरणमा सर्राफको संलग्नता खुलेको थियो ।

खरेलको चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग सम्बन्ध देखिएको थियो । उनले एलेक्स र हिरासतमा रहेका दावा छिरिङसँग मिलेर सुन भारतसम्म पु¥याउने काम गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

सर्राफविरुद्ध सुन तस्करीसँगै क्रिप्टोकारोबारको कसुरमा पनि मुद्दा चलाउने कि भन्नेबारे छलफल भइरहेको एक अधिकृतले बताए । यो सुन प्रकरणको भुक्तानी समेत क्रिप्टो र हुण्डीमार्फत हुने गरेको खुलेको थियो ।

पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानको सम्पूर्ण जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?