+
+

‘गदर २ र कश्मीर फाइल्सजस्ता फिल्मको लोकप्रियता हानिकारक’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १३:१८

काठमाडौं । बलिउड अभिनेता नसरुद्दिन शाहले ‘द कश्मीर फाइल्स’, ‘गदर २’ र ‘द केरला स्टोरी’जस्ता फिल्मको लोकप्रियताबाट आफू विचलित भएको बताएका छन् । यी फिल्मका निर्माताले धेरै हानिकारक काम गरिरहेको टिप्पणी पनि उनको छ ।

फ्री प्रेस जर्नलसँगको अन्तर्वार्तामा बोल्दै उनले सुधीर मिश्रा र हंसल मेहताजस्ता निर्माताका फिल्मलाई दर्शकले नहेर्ने भए पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिइराख्नुपर्ने धारणा राखे ।

जब नसिरुद्दिनलाई सोधियो कि बलिउडको फिल्म निर्माण शैलीमा परिवर्तन आएको देख्नुहुन्छ ? जवाफमा उनले भने, ‘अवश्य पनि ‘द केरला स्टोरी’ र ’गदर २’ जस्ता फिल्महरू लोकप्रिय भएको देख्दा निकै दुःख लागेको छ । जबकि सत्यलाई प्रस्तुत गर्ने सुधीर मिश्रा, हंसल मेहता र अनुभव सिन्हाजस्ता निर्देशकको फिल्म हेरिंदैन । तर राम्रो कुरा यो हो कि यी फिल्म निर्माताले हिम्मत हारेनन् र राम्रो कथालाई सुनाउने क्रमलाई जारी राखेका छन् ।’

उनले अगाडि भने, ‘उनीहरू वंशजको लागि उत्तरदायी हुनेछन् । सय वर्षपछि मानिसले जब फिल्म ‘भीड’ र ‘गदर २’ हेर्नेछन् तब कुन फिल्मले हाम्रो समयको सत्यलाई चित्रण गर्नेछ भनेर उनीहरुले बुझ्नेछन् । किनभने फिल्म मात्र त्यो गर्न सक्ने माध्यम हो । यो गर्न गाह्रो छ । यो डरलाग्दो छ कि फिल्म निर्माता सबै गलत चीजको प्रशंसा गर्ने फिल्म बनाउन र अन्य समुदायलाई कुनै कारणबिना नै तल धकेल्ने काममा लगाइन्छ । यो खतरनाक प्रवृत्ति हो ।’

शाहले निर्देशन गरेको छोटो फिल्म ‘म्यान वुमन म्यान वुमन’ चाँडै रिलिज हुँदैछ । यो फिल्ममार्फत नसिरुद्दिन १७ वर्षपछि निर्देशन क्षेत्रमा पुनरागमन गर्दैछन् । निर्देशकका रूपमा उनले अन्तिम पटक सन् २००६ मा रिलिज भएको फिल्म ‘युँ होता तो क्या होता’ बनाएका थिए । अब १७ वर्षपछि उनले सर्ट फिल्म ‘म्यान वुमन म्यान वुमन’ निर्देशन गर्दैछन् । फिल्ममा नसीरका छोरा विवान र ऋतिक रोशनकी प्रेमिका सबा आजाद मुख्य भूमिकामा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?