+
+

‘आक्वाम्यान २’ टिजर : परिवार बचाउन सुपरहिरोको संघर्षको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १६:२५

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘आक्वाम्यान एण्ड द लस्ट किङडम’को टिजर ट्रेलर सार्वजनिक भएको छ । सन् २०१८ मा प्रदर्शन भएको चर्चित फिल्मको दोस्रो श्रृंखलामार्फत अभिनेता जेसन मोमोआ एटालिन्सका राजा आर्थर करीको भूमिकामा पुनरागमन गर्दैछन् ।

ट्रेलरमा अब्दुल-मतीनद्वारा चित्रण गरिएको पात्र ब्ल्याक मान्टाले आफ्नो बुबाको मृत्युको बदला लिने वाचा गर्दै भन्छ, ‘म एक्वाम्यानलाई मार्नेछु र उसले माया गरेको सबै चीज नष्ट गर्नेछु ।’

फिल्ममा अभिनेत्री निकोल किडम्यानले आर्थरकी आमा अर्थात् रानी एटलानाको भूमिका निर्वाह गरेकी छन् । अभिनेत्री एम्बर हर्डले आर्थरकी प्रेमिका अर्थात् जेबेलकी राजकुमारीको भूमिका निर्वाह गर्छिन् ।

फिल्मको आधिकारिक सारांशका अनुसार ‘पौराणिक ब्ल्याक ट्राइडेन्टको शक्ति ग्रहण गर्दै यस पटक ब्ल्याक मान्टा पहिलेको भन्दा धेरै शक्तिशाली छ, जसले पुरानो र द्वेषपूर्ण शक्तिलाई बाहिर निकाल्छ । उसलाई हराउनका लागि एक्वाम्यानले आफ्नो भाइ ओर्म अर्थात् एटलान्टिसका पूर्व राजासँग सम्भावित गठबन्धन बनाउन फर्किन्छ । तिनीहरूले आफ्नो राज्यको रक्षा एकसाथ गर्न र एक्वाम्यानको परिवार र संसारलाई विनाशबाट बचाउन आफूहरुबीचको मतभेदलाई पन्छाउनै पर्छ ।’

‘आक्वाम्यान’को पहिलो श्रृंखलाले विश्व बक्स अफिसमा एक बिलियन डलरभन्दा बढी कमाइ गरेको थियो । यो फिल्मलाई हलिउडको डीसी स्टुडियोले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?