+

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई हरायो

२०८० भदौ  २७ गते ९:०६ २०८० भदौ २७ गते ९:०६
मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई हरायो

२७ भदौं, काठमाडौं । इंग्ल्याण्डले मैत्रीपूर्ण खेलमा स्कटल्याण्डलाई ३-१ ले पराजित गरेको छ । इंग्ल्याण्डको लागि यसको विषेश महत्व र अर्थ हुनेछ । किनकि यी दुईबीचको १५०औं वर्ष पुगेको छ । त्यसमा इंग्ल्याण्डले  स्कटल्याण्डमाथि १५०वर्षको राइभलरीमा आफ्नो प्रभुत्व कायम राखेको छ ।

स्कटल्याण्डको मैदान हाम्पडेन पार्कमा भएको खेलमा फिल फोडेनले ३२औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । जुड बेलिङहम त्यसको तीन मिनेटपछि नै गोल गर्दै इंग्लिस टिमको अग्रता दोब्बर पारे ।

तर ६७औं मिनेटमा इंग्ल्याण्डकै ह्यारी मगुएरेल आत्मघाती गोल गर्दा स्कटल्याण्डले अग्रता छोट्याउने अवसर पायो । इंग्ल्याण्डविरुद्ध ४२औं जितको लक्ष्य बनाए पनि स्कटल्याण्ड सफल हुन सकेन ।

तर ८१औं मिनेटमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले ३-१ को जित निकालेको हो । स्कटल्याण्डमाथि इंग्लिस टोलीको यो ४९औं जित हो ।

इंग्ल्याण्ड र स्कटल्याण्डबीच सन् १८७२ नोभेम्बर ३० मा पहिलो आधिकारिक खेल भएको थियो । जुन गोलरहित बराबरीमा सकिएको थियो ।

इंग्ल्याण्ड स्कटल्याण्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय