+
+

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा १८ असोजमा, १४ प्रतिशत लाभांश पारित गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १३:१४

२७ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको छ । बैंकले १८ असोजमा वार्षिक साधारणसभा गर्ने भएको हो ।

बैंकको साधारणसभामा सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० मुनाफा तथा सञ्चित नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । जसमध्ये चुक्ता पूँजीको १३.३ प्रतिशतले हुने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि चुक्ता पूँजीको ०.७० प्रतिशतले हुने ७ करोड १८ लाख ८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै बैंकको २६ भदौमा बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।

बैंकले पोखराको होटल ग्राण्डमा २५ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । साधारणसभा प्रयोजनाका लागि बैंकले ८ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भरुएको छ । जस अनुसार ७ असोजसमम् कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

बैंकले साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि साधारणसभामा पेश गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?