+
+

एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १८:०९

२७ भदौ, काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।  २७ भदौ बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँको  १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?