+
+

अनुमतिविना प्रहरी पोशाक प्रयोग नगर्न हेडक्वार्टरको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १९:४८
एक गीतमा प्रहरीको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का

२७ भदौ, काठमाडौं । चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियो तथा फेसबुक, टिकटक लगायतका लागि भिडियो बनाउने प्रयोजनका लागि अनुमति नलिइ पोशाक प्रयोग नगर्न नेपाल प्रहरीले भनेको छ ।

प्रहरीको पोशाकको दुरुपयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले विज्ञप्ति जारी गरेर प्रहरीको श्रव्यदृश्य शाखामा स्वीकृति लिएर मात्र प्रयोग गर्न भनेको छ ।

प्रहरी प्रवक्ता कुवेर कडायतले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र त्यसमा प्रयोग हुने दज्र्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग गराउन हुन स्पष्ट पार्दछौं ।’

प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरुको व्यवसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन पनि प्रहरी प्रधान कार्यालयले भनेको छ ।

‘यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यवहोरा समेत सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ’, प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् प्रहरीको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?