+
+

बुवा सम्झिंदै गोकर्णेश्वरमा

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० भदौ २८ गते १८:५२

२८ भदौ, काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंका गोकर्णेश्वर मन्दिर परिसरमा घुइँचो लागेको छ ।

बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् । तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र वागमती नदी किनारमा श्राद्ध गर्दछन् ।

उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औंसी पनि भनिन्छ ।

पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरुको गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा घुइँचो लागेको छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?