+
+

‘मायावी’को निर्माताको रुपमा जोडिए अभिनेता राज कटुवाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १३:४३

काठमाडौं । अन्तिम समयमा फिल्म ‘मायावी’मा निर्माता हेरफेर भएका छन् । अभिनेता समेत रहेका राज कटुवाल निर्माताको रुपमा जोडिएका छन् । उनले निर्माण गर्ने फिल्म ‘मायावी’ शनिबारदेखि छायांकनमा जाने तयारीमा छ ।

‘मायावी’को निर्माणमा निर्देशक दिवाकर भट्टराई र राजले सहकार्य गर्ने भएका छन् । फिल्मको निर्माण भने दिवाकरकै ब्यानर क्रिएटिभ सिने आर्टबाट हुनेछ । राजले यो फिल्मको सुटिङ शनिबारदेखि सुरु हुने बताए ।

दुई करोड रुपैयाँ बजेट तय गरिएको यो फिल्मपछि राज र दिवाकरले अर्को फिल्म ‘राजा’मा सहकार्य गर्दैछन् । यो फिल्मलाई भट्टराईले निर्देशन गर्ने सम्भावना छ । यसका निर्माता पनि राज हुनेछन् । ‘राजा’को सुटिङ कात्तिकदेखि थाल्ने उनको तयारी छ ।

लभस्टोरी फिल्म ‘मायावी’मा पल शाह र दीपिका प्रसाईं शीर्ष भूमिकामा हुनेछन् । सुशील सिटौला र समिम खान सहायक कलाकारको रुपमा छन् । दुई वर्षपछि पल यो फिल्मबाट पुनरागमन गर्दैछन् ।

मायावीको छायांकन पोखरामा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?