+
+

ढाकाकुमार श्रेष्ठबारे भ्रम फैलाएको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १८:२०

२८ भदौ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कास्कीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका-५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् ।

रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए । आफूबारे नभएको सूचना सामाजिक सञ्जालमा देखेपछि श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध)अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?