+
+

प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १३:३१

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ । आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो ।’

उनका अनुसार चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुनेछ । लगतै उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।

२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सुनाए । चोङकिङ महानगरका साथै तिब्बतको भ्रमण गरेर फर्किने आफ्नो कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कोभिड महामारीपछि प्रधानमन्त्रीको हैसियतमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनको द्धिपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा छिमेकीको सहयोगबारे छलफल हुनेछ ।’

कोभिडका कारण नियमित हुन नसकेका व्यापार र सीमा नाकाहरु खोल्ने विषयमा समेत कुराकानी गर्ने उनले बताए । आफ्नो भ्रमणबाट दुई देशको सम्बद्ध थप सुदृढ हुनुका साथै आपसी सहयोगका क्षेत्रहरु थप विस्तारित हुँदै जाने विश्वास लिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?