+
+
Shares

‘आईएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १६:२०

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानबासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा ‘आईएमई पे’ले भदौ महिनादेखि सञ्चालनमा ल्याएको हो

यसका साथै ‘आईएमई पे’को “किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने” अफर मार्फत ‘आईएमई पे’का सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “WATER” प्रयोग गरी १०० रूपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले धरानबासीलाई लामो समयसम्म लाइनमा बसेर बिल भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गराउने विश्वास गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

‘आईएमई पे’ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको कम्पनीको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?