+
+

डा. ओममूर्ति अनिल ‘जीवन्त सम्बन्ध’ लिएर आउँदै छन्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १७:२९

२८ भदौं, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको आवरण सार्वजनिक गरिएको हो ।

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

आउँदै गरेको पुस्तकको आवरणको सार्वजनिक करण भने डा. ओममूर्तिले छोरी अनिषा र श्रीमती मनिषाको हातबाट गराएका थिए ।

‘मेरो नयाँ पुस्तक यिनै विषयवस्तुहरु जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ,’ उनले आउँदै गरेको पुस्तकको बारेमा भने ।

२०८० असोज ५ गते शुक्रबारबाट बजारमा आउने पुस्तकको आजैदेखि अनलाइन बुकिङ खुला गरिएको छ ।

२४० पृष्ठको सो पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड राखिएको बताए । पुस्तकको मुल्य ६०० रहेको छ भने विशेष प्रकाशनको मुल्य एक हजार तोकिएको छ ।

स्वस्थ जीवनशैली र जनचेतनाका लागि डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । ‘पुस्तकबाट एक रुपियाँ पनि प्रतिफल नलिने गरी पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत खर्च गरिने डा. अनिलले जानकारी दिए ।

डा. ओम फाउन्डेसनले प्रकाशन गरेको पुस्तक दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमा अर्डर गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?