+
+

युनाइटेड म्यानपावरको इजाजत रद्द

युरो एसिया एचआरलाई १ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १४:४४

२९ भदौ, काठमाडौं । सरकारले युनाइटेड म्यानपावर एजेन्सीको इजाजत रद्द गरेको छ ।

विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा युक्रेन, रोमानिया र पोल्याण्ड पठाउने प्रलोभनमा रकम लिएको तर नपठाएको उजुरीपछि वैदेशिक रोजगार विभागले यस कम्पनीका सञ्चालकलाई सम्पर्क गरेको बताएको छ ।

तर, उनीहरु विभागमा उपस्थित नभएसँगै सरकारले संस्थाको इजाजत पत्र खारेज गरिदिएको विभागले जनाएको छ ।

यसैगरी विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग बढी शूल्क लिने युरो–एसिया एचआर सोलुसनलाई समेत जरिवाना तिराएको छ ।

विभागले सो संस्थालाई जरिवाना तिराउँदै आगामी दिनमा सो काम नदोहो¥याउन निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?