+
+

प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १८:३७

२९ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ ।

चीन भ्रमणका क्रममा पहिलो दिन प्रचण्डले हाङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उदघाटन समारोहमा पनि सहभागी हुनेछन् । त्यसपछि उनको २५ सेप्टेम्बरमा राजधानी बेइजिङमा समकक्षी लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यतालिका रहेको छ ।

उक्त भेटघाटपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछीङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिको विकासका क्षेत्रको अवलोक गर्ने कार्यक्रम रहेको छ ।

छोङछिङको भ्रमण पश्चात नेपालको सीमाना जोडिएको चीनको श्वासासित क्षेत्र तिब्बतको भ्रममा जाने र त्यहाँ उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने नेपाल फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?