+
+

बक्स अफिसमा ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’को ओपनिङ अकुपेन्सी सुखद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १८:५३

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएका नेपाली फिल्महरु ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ले घरेलु बक्स अफिसमा सुखद ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । पछिल्लो समय नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न नसकिरहेको बेला, यी दुई फिल्मको ओपनिङ अकुपेन्सी अवश्य पनि सुखद हो ।

तर दुवै फिल्मको शुक्रबारको अकुपेन्सी अपेक्षाअनुसार चाहिं होइन । शुक्रबार ‘नांगो गाउँ’को देशव्यापी अकुपेन्सी (बिहानदेखि बेलुकासम्म) ६० प्रतिशत रह्यो भने ‘एक भगवत् र एक गीता’को अकुपेन्सी ३५ प्रतिशत हाराहारीमा रह्यो । देशभरका ठूला मल्टिप्लेक्सको अकुपेन्सी आँकडा अध्ययन गर्दा ‘नांगो गाउँ’को अकुपेन्सी केही माथि छ ।

समग्रमा ‘नांगो गाउँ’को यो अकुपेन्सीमा ‘दयाहाङ र मिरुना फ्याक्टर’ प्रमुख रह्यो । कबड्डी ४ र जारीजस्ता ब्लकबस्टर फिल्ममा एकसाथ देखिएको दयाहाङ र मिरुनाको जोडीले ‘नांगो गाउँ’को ओपनिङमा योगदान दिएको अनुमान गरिएको छ । नांगो गाउँको पहिलो सप्ताहन्तको कमाइमा दयाहाङ र मिरुना मगर ‘फ्याक्टर’ले प्रमुख भूमिका खेल्ने पक्का छ ।

अर्कोतर्फ, ‘एक भगवत् र एक गीता’ले पनि सन्तोषजनक अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहे तीजको छेकोमा आगामी सातासम्म विपिन कार्की स्टारर फिल्मले राम्रो कमाइ गर्न सक्छ । हलमा चलिरहेका नेपाली फिल्मलाई फाइदा के हो भने शनिबार, तीज र संविधान दिवसको बिदाले कमाइ राम्रै हुन सक्छ ।

शुक्रबार दुई नेपाली फिल्म रिलिज हुँदा हलमा चलिरहेको बलिउड फिल्म ‘जवान’लाई चुनौतीपूर्ण हुने देखिएको छ । तीज बिदामा दर्शकीय मनोविज्ञानको फाइदा नेपाली फिल्मले उठाउन सक्छन् । जेहोस्, आगामी साता दुवै नेपाली फिल्मलाई घरेलु बक्स अफिसमा राहतपूर्ण हुने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?