+
+

सुनौलो कछुवा ३५ लाखमा बेच्ने प्रयास, ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते २०:३३

२९ भदौ, काठमाडौं । प्रहरी वृत्त, महाराजगञ्जले दुर्लभ वन्यजन्तु सुनौलो रंगको कछुवासहित ६ जनालाई पक्राउ गरेको छ ।

महाराजगञ्जका डीएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ३५ लाख रुपैयाँमा कारोबार गर्न लागेको अवस्थामा ६ जनालाई पक्राउ गरेको काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

उनका अनुसार, पक्राउ पर्नेमा काभ्रेका जयराम घिमिरे, रहर तामाङ, उदयपुरका राजकुमार राई, काभ्रेका सुदर्शन राई, नारायण थामी र रुपक बस्नेत छन् ।

उनीहरुले टोखा–५ मा रहेको सुनकोशी क्याफेमा बसेर कछुवा बिक्री गर्न खोजेका थिए । पक्राउ परेका ६ जनालाई जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको ढुंगेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?