+
+

बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा टिकटकलाई करोडौं यूरो जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते ७:२३

३० भदौ, लण्डन । युरोपेली सङ्घ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख यूरो जरिवाना तोकेको छ ।

आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको विभिन्न उल्लङ्घनका लागि ३६ करोड ९० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाउन भनेको हो ।

आयोगले टिकटकलाई आफ्नो नियमअनुसार ‘यसको प्रक्रियालाई कार्यान्वयनमा ल्याउन’ तीन महिनाको समय दिएको छ ।

ईयू सदस्य आयरल्याण्डको डीपीसीले समूहको सामान्य तथ्याङ्क सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।

तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सेप्टेम्बर २०२१ मा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको लागि प्लेटफर्म निर्माण र व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाको सम्बन्धमा जीडीपीआरको साथ टिकटकको अनुगमन जाँच गर्न सुरु गरेको थियो ।

यसले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि टिकटकको उमेर प्रमाणीकरण विधिहरू पनि हेर्दा कुनै उल्लङ्घन फेला पारेन । तर प्लेटफर्मले सेवामा दर्ता गर्ने युवाहरूको जोखिमको उचित मूल्याङ्कन नगरेको बताएको छ ।

टिकटकका संयुक्त राज्य अमेरिकामा १५० मिलियन र युरोपियन युनियनमा १३४ मिलियन प्रयोगकर्ताहरू छन् । यो खासगरी युवाहरू माझ अत्यन्त लोकप्रिय छ ।

जरिवानाको जवाफमा टिकटकले फैसलासँग सम्मानपूर्वक असहमत जाहेर गरेको छ । उसले कसरी अगाडि बढ्ने भन्ने बारे सोचविचार गरिरहेको प्रतिक्रिया दिएको छ ।

‘डीपीसीको आलोचना तीन वर्ष पहिलेको सुविधा र सेटिङ्समा केन्द्रित छ, र यो हामीले अनुसन्धान सुरु हुनभन्दा पहिले नै परिवर्तन गरेका थियौं,’ टिकटकका प्रवक्ताले एएफपीसँग भनेका छन् । एएफपीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?