+
+

सामूहिक बलात्कार आरोपमा स्याङ्जामा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १६:३०

३० भदौ, काठमाडौं । स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।  ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् ।

‘जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ’, उनले भने । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?