+
+

दरबारमार्गको भीटू क्लबमा भिरागो नाइट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १६:५५

काठमाडौँको दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबारदेखि अत्याधुनिक ‘भीटू क्लब’ सञ्चालनमा आएको छ ।  मोडल योउशाको संयोजनामा ‘भिरागो नाइट’ आयोजना गरी क्लबको औपचारिक उद्घाटन गरिएको सञ्चालक कृष्णकुमार बुढाथोकीले जानकारी दिए ।

क्लब उद्घाटनका अवसरमा लाइभ म्युजिक, बेली डान्स, फायर फ्लेरिङ, डिजे सेसन र फेशन शो आयोजना गरिएको थियो । योउशा र्‍याम्प मोडलिङमा फरकशैली अपनाउने मोडलमा परिचित छिन् ।

मोडल भन्ने बित्तिकै स्लिम र निश्चित मापदण्डको उचाइ नै भएका हुनुपर्छ भन्ने मान्यतालाई भत्काउँदै उनले प्रचलित मोडलिङको मान्यतामा नपर्नेहरूलाई पनि र्‍याम्पमा उतार्ने गर्छिन् ।

भी टू क्लबमा उनले विकिनीमा र्‍याम्प उतारेका सबै मोडल स्लिम थिएनन् । हरेक व्यक्ति आफैँ सुन्दर र आकर्षक हुने भएकाले शरीरको साइज र अनुहारको बनोट हेरेर सुन्दरताको मूल्यांकन गर्न नहुने उनले बताइने । समाजमा अझैपनि सर्वस्वीकार्य हुन नसकेका ट्रान्स जेन्डरहरूको आत्मविश्वास अभिवृद्धिका लागि आफूले यसखालका शोहरू गर्ने गरेको उनले बताइन् ।

दरबारमार्गमा खुलेको यो क्लब निकै आकर्षक छ । यो क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउण्डको संयोजन गरिएको छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ । प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरकफरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको यसका व्यवस्थापक मनोज श्रेष्ठ बताउँछन् ।

स्वादिष्ट परिकार, ब्राण्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेहरूको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेहरूका लागि उत्कृष्ट गन्तव्य हुने सञ्चालक बुढाथोकीको दाबी छ । काठमाडौँको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको रहेको व्यवस्थापक श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?