+
+

झरना भन्छिन्- मेरा लागि बक्स अफिसभन्दा दर्शकको ‘रेस्पोन्स’ महत्वपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १३:१५

काठमाडौं । निर्देशक झरना थापा फिल्म ‘एक भगवत् र एक गीता’को दर्शकीय प्रतिक्रियालाई लिएर उत्साहित छिन् । मिडिया कुराकानीमा झरनाले आफूलाई बक्स अफिसभन्दा दर्शकको रेस्पोन्स महत्वपूर्ण हुने बताएकी छन् ।

उनले भनिन्, ‘मलाई बक्स अफिसभन्दा रेस्पोन्स महत्वपूर्ण छ । बक्स अफिस पहिले पनि थियो । मलाई दर्शक र मिडियाकर्मीले स्याबासी देओस् भन्ने चाहना थियो । जुन चाहिं अहिले मैले पाइरहेको छु ।’

फिल्मले लैंगिक अल्पसंख्यक समुदायको पहिचान र संघर्षको कथावस्तु पेश गर्छ । सुरुमा यो फिल्मलाई लिएर आफूमा डर रहेको उनले बताइन् ।

‘संवेदनशील विषयवस्तुलाई लिएर फिल्म बनाउँदा पक्कै पनि डर थियो । अहिले एक किसिमको ढुक्क भएको छु,’ भन्छिन्, ‘सबैले सामाजिक कथा लिएर आउनुभएको भन्दै राम्रो भन्नुभएको छ । पहिले कमर्सियल फिल्म ल्याएको भन्नुहुन्थ्यो, अहिले सबै जनाले सामाजिक सन्देश दिने फिल्म ल्याउनुभएको छ भन्नुभयो ।’

निर्माता सुनिलकुमार थापाले दर्शकको स्याबासीले आफू उत्साहित रहेको बताए । ‘मैले जे देखाउन खोजेको थिएँ, त्यो देखाउन पाएँ । त्यो मेरा लागि खुसीको कुरा हो । नौलो कुरा उठाउँदा डर लागेको थियो । सबैबाट स्याबासी पाएपछि उत्साहित छु,’ उनले भने ।

आफूहरु दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’को प्रतीक्षामा रहेको सुनिलले बताए । विपिन कार्की, धीरज मगर र सुहाना थापाको शीर्ष भूमिका रहेको यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?