+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेष्डो समृद्ध लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १५:२२

३१ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित लाभांश पारित गर्ने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थााले साधारणसभा आह्वान गरेको छ । २९ भदौ शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २६ असोजमा पर्वतको कुश्मामा चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १७.९३४२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण पारित गर्ने एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

यस्तै मर्जर तथा प्राम्ति सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सम्पत्री तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने जस्ता प्रस्ताव पनि रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनाका लागि १७ असोजमा सेयरधनी दर्ता कितबा बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

कम्पनीले सुरुमा ५० प्रतिशत बोन सेयर र २३.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेपनि नेपाल राष्ट्र बैंकले रोकेपछि अदालत गएको थियो । तर, राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्न अदालतको आदेशपछि कम्पनीले १७.९३ प्रतिशत नगद लाभांश मात्रै दिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?