+
+
तीनकुने सामूहिक हत्याकाण्ड :

घटनापछि भागेर साथीको घरमा पुगेका थिए आरोपी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १८:३३

३१ भदौ, काठमाडौं । तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो ।

तीनकुनेमा खुकुरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । त्यहाँ उनको साथीको घर थियो ।

राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पुगेका थिए । तर त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको जिल्ला प्रहरी परिसर टेकुका एक अधिकृतले जानकारी दिए ।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभाषेको सहयोगमा बयान लिएको छ ।

शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राई सहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । तर घटनामा उनको संलग्नता नदेखिएको प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?