+
+

कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा महासमिति बैठक हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते ११:५९

१ असोज, काठमाडौं । नेपाली कांग्रेसको आसन्न केन्द्रीय समितिको बैठकको छलफलको पहिलो प्रमुख एजेन्डा महासमिति बैठक हुने भएको छ ।

४ असोज (बुधबार)देखि बस्ने बैठकमा मंसिमा हुने महासमितिको तयारीमा केन्द्रित हुने भएको छ । नीति महाधिवेशनले निर्दिष्ट गरेका विषयवस्तु कार्यान्वयन हुने गरि मंसिर १३ देखि १५ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो ।

महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन लेखनका लागि केन्द्रीय समितिले टोली बनाउने शीर्ष तहका एक नेताले जानकारी दिए ।

विधान अनुसार महाधिवेशन बाहेकका हरेक वर्ष महासमिति बैठक बस्नुपर्दछ । नीति महाधिवेशन र महासमिति दुवै कार्य एकैपटक हुने गरी कांग्रेसले महासमिति बैठक आह्नवान गरेको छ । महाधिवेशन पछिको शक्तिशाली निकाय महासमिति बैठक हो ।

केन्द्रीय समितिको बैठकमा पार्टी संगठन सुदृढीकरणको समीक्षा, महासमिति बैठक, समसामयिक विषयमा बैठकमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय समितिले निर्णय गरे अनुुसार भएका पोलिसी ह्याकथान र बीपी साहित्य महोत्सवको समीक्षा हुनेछ । वार्षिक कार्यतालिका अनुुसार हालसम्म भएका कार्यक्रम बारे महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले बैठकलाई जानकारी गराउने भएका छन् ।

साउन २० देखि ३० सम्म पार्टी संगठन सुदृढीकरणको अभियान कांग्रेसले चलाएको थियो । भदौ १० देखि २४ सम्म गर्ने भनिएको दोस्रो चरणको कार्यक्रम भने स्थगित गरिएको छ ।

केन्द्रीय समितिको बैठक यसपटक पनि प्रत्यक्ष प्रसारण हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?