काठमाडौं । नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन् ।
नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वर्ल्ड ओलम्पियन्स फोरममा सहभागिता जनाएका थिए । जसमा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको अध्यक्ष दीपक विष्टले बताएका छन् । फोरममा अन्य देशका सहभागिले पनि आ आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए ।
‘हामीले संघले पछिल्लो दुई वर्षमा गरेका स्कुल टु ओलम्पिक, ओलम्पियन्स रियुनियनलगायत अन्य कार्यक्रमलाई समेटेर तयार पारिएको भिडियो कार्यक्रमका दौरान प्रस्तुत गर्ने अवसर मिलेको थियो,’ विष्टले भने, ‘त्यसमा स्कुल टु ओलम्पिक अभियानलाई सबैले प्रशंसा गर्दा खुसी लागेको र थप प्रेरणा मिलेको छ । हामीले सही कामको सुरुवात गरेको महसुस गरेका छौं ।’
विष्टले देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको बताए । साथै नेपाल ओलिम्पक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्दै स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गरिरहेको र त्यसलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए ।
फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहेको विष्टले बताए । सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताएका छन् ।
वर्ल्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउले आफूहरुले संघको उच्च मुल्याङ्कन गरेको उल्लेख गर्दै विष्टले नेपाल आउन नियन्त्रणा सहित उनलाई मायाको चिनोको रुपमा संघकोतर्फबाट मयुर अंकित काठको आँखीझ्याल हस्तान्तरण गरेको बताए । वर्ल्ड ओलम्पियन संघका अध्यक्षले समय मिलाएर नेपाल आउने वाचा समेत गरेका थिए ।
 
                    










 २०८० असोज  १ गते १२:३८
                        २०८० असोज  १ गते १२:३८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4