+
+

गुल्मीको राँगेढुंगा मन्दिरमा विश्वकर्मा पूजा (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १३:१२

१ असोज, गुल्मी । विश्वकर्मा पूजाको अवसरमा गुल्मी जिल्लाको राँगेढुंगा स्थित विश्वकर्मा मन्दिरमा सामूहिक रुपमा सवारी साधनको पूजा गरिएको छ ।

विश्वकर्मा पूजाको दिन कालीगढले प्रयोगमा ल्याउने विभिन्न औजारका सामानहरुमा पूजा गरेमा धेरै समयसम्म टिक्ने विश्वास छ । गुल्मी सदरमुकाम तम्घास नजिकै रेसुंगा नगरपालिका–४ स्थित राँगेढुंगा मन्दिरमा बिश्वकर्मा बाबाको पूजा गरिएको हो ।

आफ्नो सवारी साधन लिएर विभिन्न ठाउँबाट सवारीधनी र चालकहरु मन्दिरमा पुगेका थिए । जिल्लाका विभिन्न स्थानमा चल्ने सवारी साधनहरुका चालक तथा सवारी धनीबाट संकलन गरेर २०५८ सालमा विश्वकर्मा मन्दिर निर्माण गरिएको थियो ।

निकै जोखिमपूर्ण सडक रहेको स्थानमा सवारी साधनहरु दुर्घटनामा नपरुन् भन्ने विश्वासका साथ मन्दिर निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु पछाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?