+
+

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका राजदूतबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १५:३०

१ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र राजदूत भोल्कबीच भेटवार्ता भएको हो ।

भेटको क्रममा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे ।

त्यस्तै उनले अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिको संख्या बढाउनुका साथै अष्ट्रेलिया र नेपालका बीचमा सिधा हवाइ उडान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए ।

राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराएकी थिइन् ।

उनले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी अध्यक्ष तिमिल्सिनाको सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?