+
+

एक वर्षमा २० आयोजनाबाट विद्युत् उत्पादन सुरू, थपियो ५ सय मेगावाट

अच्युत पुरी अच्युत पुरी
२०८० असोज १ गते १९:४२

१ असोज, काठमाडौं । एक वर्षको अवधिमा १ मेगावाटभन्दा ठूला २० वटा जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेका छन् । विद्युत् विकास विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) ०७९/८० मा राष्ट्रिय प्रसारणमा जोडिएका यी आयोजनाको कुल क्षमता ४६६ मेगावाट छ । विद्युत् विकास विभाग महानिर्देशक चिरञ्जीवी चटौतका अनुसार यी कम्पनीका प्रवर्द्धकलाई यस आवमा विभागले सम्मानसमेत गरेको थियो ।

गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना ८६ मेगावाटको सोलुखोला (दूधकोशी) परियोजना हो । साहस ऊर्जा लिमिटेडले निर्माण गरेको यो आयोजना सोलुखुम्बु जिल्लामा छ । त्यस्तै, लमजुङ जिल्लामा रहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ परियोजना पनि गत आर्थिक वर्षमा नै सम्पन्न भएको हो । कास्की जिल्लामा अवस्थित ४४ मेगावाटको सुपर मादी तथा बझाङमा रहेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड परियोजना पनि सोही वर्ष सम्पन्न भएका हुन् । ३६ मेगावाटको माथिल्लो बलेफी र २८.१ मेगावाटको तल्लो लिखु आयोजना पनि गत आर्थिक वर्षमा नै सम्पन्न भएका हुन् ।

गत आवमै २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना र २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ पनि सकिएका थिए । त्यस्तै, १९.८ मेगावाटको माथिल्लो सोलुखोला र १८ मेगावाटको मध्यमोदी आयोजनाले पनि गत आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन सुरू गरेका थिए ।

१२ मेगावाट क्षमताको दोर्दी– १ तथा ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजनाले पनि सोही आवमा व्यावसायिक उत्पादन थालेका हुन् । यसैगरी, ४.९६ मेगावाटको पुवा २, ९.५ मेगावाटको मध्य सोलुखोलाको समेत यस आवमा उत्पादन सुरू भएको छ ।

यस आवमा १५.३३ मेगावाटको कांलगागाड, ४.५५ मेगावाटको माथिल्लो माछा खोला, ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला, १० मेगावाटको मकरीगाड, ५ मेगावाटको रुकुम गाड र १४.९ मेगावाटको मायाखोला जलविद्युत् आयोजनाले व्यवसायिक उत्पादन सुरू गरेका हुन् ।

अहिले देशभर १४१ वटा आयोजनाले व्यावसायिक रुपमा जलविद्युत् उत्पादन गरिरहेको विभागले जनाएको छ । मुलुकमा जलविद्युत् आयोनजाको मात्रै कुल क्षमता २ हजार ५५१ मेगावाट रहेको छ । सौर्य, सहउत्पादन, १ मेगावाटभन्दा कम क्षमता, वैकिल्पक ऊर्जा प्रवर्द्धन केन्द्र र डिजेल प्लान्टबाट समेत जोड्दा कुल विद्युत् उत्पादन क्षमता २ हजार ७८४ मेगावाट पुगेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा भने झण्डै ९ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

आव २०७९/८० मा व्यावसायिक सञ्चालनमा आएका जलविद्युत् आयोजना

 

जलविद्युत् आयोजना क्षमता उत्पादन मिति
दोर्दी–१ जलविद्युत् १२ १४ असोज २०७९
दोर्दी खोला २७ १४ असोज २०७९
चेपे खोला ८.६३ १६ असोज २०७९
तल्लो लिखु २८.१ १९ कात्तिक २०७९
माथिल्लो बलेफी ‘ए’ ३६ ६ मंसिर २०७९
पुवा–२ ४.९६ १२ मंसिर २०७९
माथिल्लो दोर्दी ‘ए’ २५ १७ मंसिर २०७९
मध्य मोदी १८ ८ पुस २०७९
मध्य सोलु ९.५ १५ पुस २०७९
कालंगागाड १५.३३ २७ माघ २०७९
माथिल्लो कालंगागाड ३८.४६ ६ फागुन २०७९
सोलु खोला (दूघ कोशी) ८६ १७ फागुन २०७९
माथिल्लो माछा खोला ४.५५ १७ फागुन २०७९
माथिल्लो पिलुवा खोला ४.७२ २२ फागुन २०७९
मकरीगाड १० २७ फागुन २०७९
सुपर मादी ४४ २७ चैत २०७९
रुकुम गाड २८ चैत २०७९
सुपर दोर्दी ‘ख’ ५४ ८ जेठ २०८०
माथिल्लो सोलु १९.८ १ असार २०८०
माया खोला १४.९ २२ असार २०८०

पाइपलाइनमा कति क्षमताका आयोजना ?

विद्युत् विकास विभाग महानिर्देशक चिरन्जीवी चटौतका अनुसार आव २०७९/८० सम्म जलविद्युततर्फ ९ हजार १२ मेगावाट क्षमताको सर्वेक्षण अनुमति जारी भइसकेको छ ।

उत्पादनतर्फ ८ हजार ७४५ मेगावाट क्षमताको अनुमतिपत्र जारी भइसकेको छ । सौर्य ऊर्जामा ७०७ मेगावाट क्षमता बराबरको सर्वेक्षण अनुमति जारी भएको छ । सौर्य ऊर्जा उत्पादनतर्फ नै ९९ मेगावाट क्षमताका लागि अनुमतिपत्र जारी भएको छ ।

प्रसारणअन्तर्गत १३२ केभी, २२० केभी र ४ सय केभीमा क्रमशः ११९० किलोमिटर, ४९७ किलोमिटर र १८०४ किलोमिटर प्रसारणलाइनको सर्वेक्षण अनुमति जारी भएको छ ।

प्रसारणलाइनको अनुमतिका लागि १३२ केभी, २२० केभी र ४०० केभीमा क्रमशः २०३५, १०९४ र ७६२ किलोमिटर प्रसारणलाइनको अनुमतिपत्र जारी भइसकेको विभागले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?