+
+

ओरियन्टल होटलले लाभांश प्रस्ताव गर्दै बोलायो साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते ११:०६

२ असोज, काठमाडौं । ओरियन्टल होटल लिमिटेड (र्‍याडिसन) ले लाभांश घोषणा गरेको छ । होटलले कोभिडपछि पहिलो पटक सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको १ असारमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश प्रस्ताव गर्दै २६ औं वार्षिक साधारणसभा पनि आह्वान गरेको हो । कम्पनीले २५ असोजमा ललितपुरको जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा प्रयोजनाको लागि १२ असोजमा कम्पनीको सेयर धनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय पनि गरेको छ । जसअनुसार ११ असोजसम्म कायम सेयरधनीले कम्पनीको लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?